PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, मंसिर १४ गते बोलाइयो प्रदेशसभा बैठक



पहिलोपोस्ट

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, मंसिर १४ गते बोलाइयो प्रदेशसभा बैठक

काठमाडौं : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन्। शाही गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।  

मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वाशको मत लिन लागेका हुन्। यसका लागि प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन्।

बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell