PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'किरत करो, नाम जपो, वंड छको': गुरुद्वारामा गुरुनानक जयन्तीको दृश्य

'किरत करो, नाम जपो, वंड छको': गुरुद्वारामा गुरुनानक जयन्तीको दृश्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज गरु नानक जयन्ती। शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाएको छ।

'किरत करो, नाम जपो, वंड छको' (कर्म गर, ईश्वरको नाम जप, बाडेर खाऊ) यही उपदेश लिएर गुरु नानक देवजी वि सं १५७६ मा नेपाल आएका थिए। करिब ११ महिना नेपालमा बसेका गुरु नानकले धेरै समय काठमाडौंमा बिताए। थापाथलीको प्राचिन कालमोचन उदासी अखडामा बसेको मानिन्छ।

५०० वर्ष अगाडि नेपाल आएका शिख धर्मका संस्थापक गुरु नानक देवजीले ध्यान गरेका स्थानहरुलाई विश्वभरका शिख धर्मवालम्बीहरुले पवित्र स्थलका रुपमा पूज्दै आएका छन्। काठमाडौंमा मात्रै गुरु नानकले ध्यान गरेका चार स्थानमा मठहरु बनाइएका छन्।

सम्बन्धित समाचार : पहिचानको पर्खाइमा नेपालका शिख, भन्छन् - हामी पंजाबी होइनौं

गुरु नानक मठ, नयाँबजार, ज्ञानेश्वर गुरु नानक मठ, गुरु नानक मठ, शोभाभगवती र पशुपतिमा भष्मेश्वर गुरु नानक मठ हुन्।

गुरु नानक नेपाल आउँदा काठमाडौमा मल्ल शासन थियो। धेरै स्थानमा सिद्ध जोगीहरुको राज थियो। तन्त्र विद्या जान्नेहरुको हालीमुहाली। नरबलि दिने चलन थियो। गुरु नानकले सिद्ध जोगीहरुलाई आश्वास्त बनाउँदै नरबलि रोकेको कथन छ। यस्तै पानीको समस्या हुँदा आफ्नो मिहिनेतले पानी निकालेर सेवा गरेको इतिहास छ।

गुरु नानकको महिमाका कारण तत्कालीन मल्ल राजाहरु खुशी भएर उनको नाममा १६ सय रोपनी जग्गा दान गरेका थिए। त्यहाँ गुरु नानक मठ स्थापना गरियो। तर, कालान्तरमा ती जग्गा अतिक्रमणमा परे। सरकारी स्तरबाट नै ऐतिहासिक स्थलको संरक्षणमा कमी भयो।

अहिले गुरु नानकका शिष्यहरु आफ्नो गुरु बसेर ध्यान गरेर स्थानहरु मास्न हुन्न भनेर त्यसको संरक्षणमा लागेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell