PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

एकैदिन १ लाख ७३ हजार बढीले लगाए कोभिड १९ विरुद्ध खोप



पहिलोपोस्ट

एकैदिन १ लाख ७३ हजार बढीले लगाए कोभिड १९ विरुद्ध खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार बढीले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ७३ हजार ४९८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका हुन्।

यस्तै, ८ हजार ९७२ जनाको परीक्षण गर्दा २९३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ३६९ जना संक्रमणमुक्त भएका छन्।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५३९ पुगेको छ।

संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ४९४ जना संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell