PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

वार्ताका लागि चोलेन्द्रले पठाए बारलाई पत्र, बारको जवाफ ‘प्रधानन्यायाधीश नै मानेका छैनौँ कुनै औचित्य छैन’



पहिलोपोस्ट

वार्ताका लागि चोलेन्द्रले पठाए बारलाई पत्र, बारको जवाफ ‘प्रधानन्यायाधीश नै मानेका छैनौँ कुनै औचित्य छैन’

काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि नेपाल बार एशोसिशएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र लेखेका छन्। बार चौथो चरणको आन्दोलनको तयारीमा रहेको अवस्थामा जबराले पत्र लेखेका हुन्। उक्त पत्रबारे अध्यक्ष श्रेष्ठले अहिले जारी केन्द्रीय कार्यसमिति बैठकमा जानकारी गराएका छन्। 

न्यायालय शुद्धीकरणका लागि आफू तयार रहेकाले विवादको वार्ताका माध्यमबाट समाधानका लागि जबराले आग्रह गरेका छन्। 

यसअघि पनि जबराले वक्तव्य जारी गर्दै सम्वादका लागि बारलाई आग्रह गरेका थिए। बारले उक्त आग्रहलाई अस्वीकार गरेको थियो। 

बार महासचिव लीलामणि पौडेलले पत्र आएको पुष्टि गरे। पौडेलले भने, ‘पत्र आएको छ। यसबारे बैठकमा जानकारी गराइयो। हामीले उहाँलाई प्रधानन्यायाधीश नै मानेका छैनौँ यसको कुनै औचित्य छैन।’

बारको जारी बैठकबाट आइतबारदेखि हुने चौथो चरणको आन्दोदनको घोषणा हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell