PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

लुम्बिनीबाट एमाले महाधिवेशनमा ७५ हजार सहभागी गराउने लक्ष्य



पहिलोपोस्ट

लुम्बिनीबाट एमाले महाधिवेशनमा ७५ हजार सहभागी गराउने लक्ष्य

बुटवलः यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ७५ हजार प्रतिनिधि सहभागी गराउने तयारी गरिएको छ।

महाधिवेशन प्रचारप्रसार समिति लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका अध्यक्ष लीला गिरीले प्रदेशबाट ७५ हजार सहभागी गराउने योजना रहेको बताए। गिरीले १२ जिल्लाबाट ७५ हजारको लक्ष्य रहेको बताएका हुन्।

महाधिवेशन प्रचारप्रसार विभाग लुम्बिनीका प्रमुख झपेन्द्र जिसीले १०औं महाधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढेको बताए।

एमाले प्रचार विभागका केन्द्रीय सदस्य डिआर घिमिरेले रुपन्देहीमा पनि चितवन महाधिवेशनको झल्को दिनेगरी तयारी गरिएको बताए। घिमिरेले बुटवलका विभिन्न स्थलमा डिजीटल बोर्डको व्यवस्थापन तथा गेट निर्माण गरिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell