PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने बारको निर्णय, दललाई ज्ञापनपत्र बुझाउने समय सारियो



पहिलोपोस्ट

आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने बारको निर्णय, दललाई ज्ञापनपत्र बुझाउने समय सारियो
फाइल फोटो

काठमाडौँः नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चौथो चरणको आन्दोलनको घोषणा गरेको छ। वार्तामा आउन प्रधानन्यायाधीशले गरेको आह्वानलाई अस्वीकार गर्दै बारले आन्दोदनको कार्यक्रम सार्वजनिक गरेको हो। 

महासचिव लीलामणि पौडेलका अनुसार आइतबार देशभरका अदालतमा बहस पैरवी ठप्प हुनेछ। 

यस्तै, बारले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउन सोमबार ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ। शुक्रबार (आज) ज्ञापनपत्र बुझाउने निर्णय यसअघि गरेको भए पनि कार्यान्वयन भएको थिएन। 

बारले उच्च अदालत बार इकाईहरुमा हुने आन्दोदनमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय पनि गरेको छ। बारले यसअघि कायम रहेका विरोधका कार्यक्रमलाई यथावत राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell