PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

मकवानपुरमा कांग्रेस प्रदेश क्षेत्रीय अधिवेशन : नेतृत्वमा देउवा पक्षका उम्मेदवारको वर्चश्व



निशा गुरुङ

मकवानपुरमा कांग्रेस प्रदेश क्षेत्रीय अधिवेशन : नेतृत्वमा देउवा पक्षका उम्मेदवारको वर्चश्व

हेटौंडा : कांग्रेस मकवानपुरको प्रदेश सभा क्षेत्रको निर्वाचन शुक्रवार सम्पन्न भएको छ। मकवानपुरमा २ प्रतिनिधिसभा क्षेत्र अन्तर्गतको ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन्। प्रत्येक क्षेत्रमा २५ जनाको निर्वाचन भएको हो।

जिल्लाको ४ क्षेत्रमा ७ जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए। जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा प्यानल समर्थित र संस्थापनइतर रामचन्द्र पौडेल प्यानलबीच प्रतिस्पर्धा भएको थियो।

मकवानपुरमा सबै क्षेत्रको शनिवार बिहान आएको नतिजाअनुसार देउवा निकट जिल्ला सभापति इन्द्र बानियाँ पक्षका ३ सभापति निवार्चित भएका छन्। यस्तै एक जना सभापति निर्विरोध भएका छन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) को सभापति पदमा खड्कबहादुर गोपाली निर्वाचित भएका छन्। उनले ३७० मत प्राप्त गर्दा उनको प्रतिद्वन्द्वी सुजन गोपालीले १३२ मत प्राप्त गरेका थिए। शुक्रवार थाहा नगरपालिकाको जेसिज हलमा भएको अधिवेशनबाट गोपालीसहित उनको प्यानल नै निर्वाचित भएका छन्।

यस्तै, उपसभापतिमा रन्जन कठायत र इश्वरी शाही ठकुरी निर्वाचित भएका छन्। कठायतले ३११ र ठकुरीको २७७ मत प्राप्त गरेका गरेकी हुन्। यसैगरी, सचिवमा नरहरी गोपाली र राजेशबाबु सापकोटा निर्वाचित भएका छन्। गोपालीले ३७४ र सापकोटाले ३२६ मत प्राप्त गरेका हुन्। सहसचिवमा रामशरण गोपाली र समिता रसाइली निर्वाचित भएका छन्। गोपालीले २०४ र रसाइलीले २७७ मत प्राप्त गरेका हुन्। प्रदेश अधिवेशनको महिलातर्फ कुसुम सुवेदी बानियाँ, बुनुकुमारी आचार्य, राधिका सुनार निर्विरोध चयन भएका छन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) को सभापति पदमा रन्जन कालाखेती निर्वाचित भएका छन्। उनले २९२ मत प्राप्त गर्दा उनको प्रतिद्वन्द्वी रामकृष्ण प्रजाले २२३ मत प्राप्त गरेका हुन्।

त्यस्तै उपसभापतिमा भुवन नेगी र रामकुमार थिङ निर्वाचित भएका छन्। नेगीले ३०४ र थिङ्ले २५७ मत प्राप्त गरेका थिए। उपसभापति पदमा मुक्तिनाथ अधिकारीले १५५ र रामकुमार ब्लोनले २१७ मत प्राप्त गरेका थिए। सचिव पदमा भने कृष्ण योन्जन र नवराज पौडेल निर्वाचित भएका छन्। योन्जनले ३४३ मत प्राप्त गरे भने पौडेलले २६० मत पाए। सह–सचिव पदमा गोपीलाल थिङ र शालिकराम अधिकारी निर्वाचित भए। थिङले ३११ मत प्राप्त गर्दा अधिकारीले २५६ मत पाए। सह–सचिव पदमा राजेश अधिकारीले २४४ र ज्ञानबहादुर घलानले १८३ मत पाएका हुन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा सभापति पदमा सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्। सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि श्रेष्ठ निर्विरोध भएका हुन्। त्यस्तै सचिव पदमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन्।

सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका हुन्। सदस्य खुला महिलातर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी निर्विरोध भएका छन्।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) को सभापति पदमा  राजेश बानियाँ निर्वाचित भएका छन्। उनले १७७ मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी रमेशध्वज कार्कीले ८३ मत प्राप्त गरेको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिए।

उपसभापतिमा विनोद शर्मा र शुक्रराज जोशी निर्वाचित भएका छन्। शर्माले  १६० र जोशीले १५६ मत प्राप्त गरेका हुन्। अर्की उम्मेदवार  रिना गौतमले ९३ मत र  सुभाष न्यौपानेले ७६ मत प्राप्त गरेका थिए। त्यस्तै सचिव पदमा गोकर्ण सुवेदी र प्रदिप कँडेल निर्वाचित भए। सुवेदीले १८०, कँडेलले १९२ मत प्राप्त गर्दा अर्का उम्मेदवार बिक्रम लामाले १०६ मत प्राप्त गरे। सह सचिव पदमा सानुकान्छा दोङ र केदारप्रसाद ढोडारी निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell