PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोभिड पासको विरोध गर्दै आगजनीमा उत्रेका प्रदर्शनकारी र डच प्रहरीबिच झडप, दुईजनालाई लाग्यो गोली



पहिलोपोस्ट

कोभिड पासको विरोध गर्दै आगजनीमा उत्रेका प्रदर्शनकारी र डच प्रहरीबिच झडप, दुईजनालाई लाग्यो गोली

नेदरल्याण्ड्समा कोभिड १९ संक्रमण नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ।

रोट्टरड्याममा प्रदर्शनकारीहरुले प्रहरीको कारमा आगो लगाउनुका साथै ढुंगा प्रहार गर्न थालेपछि झडप भएको थियो। त्यसपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। झडपमा दुई जनालाई गोली लागेको र सातजना जना घाइते भएका छन्। यस्तै, २० जनालाई नियन्त्रणमा लिइएको छ।

सरकारले घोषणा गरेको कोभिड भ्याक्सिन पास र नयाँ वर्षको पूर्व सन्ध्यामा आतिशबाजीमाथि रोक लगाएको विरोधमा सयौं मानिस प्रदर्शनमा उत्रिएका हुन्।

नेदरल्याण्ड्समा कोरोना संक्रमण बढेपछि गत शनिवारखि तीन साताका लागि आंशिक लकडाउन घोषणा गरिएको थियो। महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमित पहिचान भएसँगै नयाँ नियम लागू गरिएको थियो। जसअनुसार रेष्टुराँ, पसलहरु चाँडै बन्द गर्नु पर्ने, खेलहरु इन्डोर हुनुपर्ने लगायतको व्यवस्था थियो।

रेष्टुराँ, पसल र इन्डोर इभेन्टहरुमा प्रवेश गर्न कोरोना भाइरस विरुद्धको खोप लगाएकाले मात्र प्रवेश पाउने गरि पासको व्यवस्था गर्ने सरकारको निर्णय थियो। सरकारको यही निर्णयको विरोध गर्दै हाल प्रदर्शन भइरहेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell