PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गृहमन्त्री खाँणको आडमा उनका भाइले आफ्ना उम्मेदवारमाथि भौतिक आक्रमण गरेको पौडेल समूहको आरोप



पहिलोपोस्ट

गृहमन्त्री खाँणको आडमा उनका भाइले आफ्ना उम्मेदवारमाथि भौतिक आक्रमण गरेको पौडेल समूहको आरोप

  • रमेश पराजुली -

बुटवल : गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको आडमा तरुण दलका नेताले कांग्रेसकै कार्यकर्ता कुटेको भन्दै रामचन्द्र पौडेल समुहले कारबाहीको माग गरेको छ।

रुपन्देही कांग्रेसका पूर्व सभापति रामचन्द्र ढकाल, निर्वाचन क्षेत्र नम्बर ३ सभापतिका उम्मेदवार मातृकाप्रसाद यादव र ३ (क) का क्षेत्रीय सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आफ्ना समर्थकले निर्वाचन हार्ने देखिएपछि सुनियोजित रूपमा भौतिक आक्रमण भएको आरोप लगाएका हुन्।कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रवार भएको रुपन्देही क्षेत्र नम्बर ३ (क) को मतगणना चलिरहँदा गएराति खाँण समर्थकले पौडेल पक्षका उम्मेदवार शैलेशकुमार पन्तसहित ५ जनालाई आक्रमण गरेका थिए। घाइते पन्तको नाकको डाँडी भाँचिएको बताइएको छ। गम्भीर घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेहरूको भैरहवामा उपचार भइरहेको छ।

मतगणना चलिरहेको अवस्थामा निर्वाचन हार्ने देखिएपछि गृहमन्त्रीका भाइ तथा नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणको निर्देशनमा तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ ‘सेते’को नेतृत्वमा रहेको समुहले सुनियोजित आक्रमण गरेको नेपाली कांग्रेसका प्रदेश सभापति पुरनप्रसाद श्रेष्ठले बताए।

रुपन्देहीको क्षेत्र नम्बर ३ मा शेरबहादुर देउवा प्यानलबाट सुरेन्द्रजंग थापा सभापतिका उम्मेदवार थिए भने रामचन्द्र पौडेल पक्षबाट सभापति पदमा अधिवक्ता पुरनप्रसाद श्रेष्ठको प्रतिस्पर्धा रहेको थियो।

शुक्रवार भएको ५ वटै प्रदेश सभाको निर्वाचनको मतगणनामा पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठको प्यानलले नै अग्रता लिइरहेको थियो। पौडेल पक्षले पुनः मतदान गर्न समेत माग गरेको छ।

सचिव रामकृष्ण खाँणले भने घटना हुनु दुःखद् भए पनि सुनुयोजित रुपमा घटना नभएको बताए।

‘गृहमन्त्री खाँण र मलाई नाम जोडेर जुन प्रचार गरिएको छ, यो दुःखद् हो। घटना सुनियोजित होइन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell