PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई गलत कार्य नगर्न नेपालको निर्देशन,  'भ्रष्टाचार गरे कारबाही गर्छौ'



पहिलोपोस्ट

आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई गलत कार्य नगर्न नेपालको निर्देशन,  'भ्रष्टाचार गरे कारबाही गर्छौ'

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएका छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको हुन्। साथै गलत काम गरे कारबाही गर्ने उनले चेतावनी समेत दिएका छन्।

आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने समेत उनले बताए।

नेपालले नेकपा एमालेमा सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको समेत बताए।

'आफूहरुलाई एमालेमा बस्न ढोका बन्द गरेपछि संन्यास लिने कि आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनी छिरेर बस्ने भन्ने भयो। हामीले त्यसलाई अस्वीकार गर्‍यौं र बाध्य भएर नयाँ पार्टी गठन गर्‍यौं।'

अहिले एमालेले विद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउँदै हिँडेको भन्दै उनले भ्रम नछर्न चेतावनी दिए।

'पुष्पलालले अगाडि बढाएको बाटोबाटै नेकपा समाजवादीले हिँडेकाले त्यस्तो अवस्था आउँदैन' उनले भने।

नेपालले नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको दाबी समेत गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell