PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

रामदेवको टिभी उद्घाटन गरेर देउवा, प्रचण्ड र माधव नेपालले कानुनको निर्लज्ज उल्लङ्घन गरेः भीम रावल



पहिलोपोस्ट

रामदेवको टिभी उद्घाटन गरेर देउवा, प्रचण्ड र माधव नेपालले कानुनको निर्लज्ज उल्लङ्घन गरेः भीम रावल

काठमाडौँः नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले वैदेशिक लगानी प्रतिबन्ध रहेको आमसञ्चार क्षेत्रमा भारतीय लगानी रहेको टेलिभिजन च्यानल उद्घाटन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालगाउतका नेताले कानुनको उल्लङ्घन गरेको आरोप लगाएका छन्। योगगुरु रामदेवको टेलिभिजन शुक्रबार प्रधानमन्त्री देउवासहितका शीर्ष नेताले उद्घाटन गरेका थिए। 

ट्वीट लेख्दै रावलले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कानुनको निर्लज्ज उल्लङ्घन गरेको बताएका हुन्। 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले नेपालमा आमसञ्चार क्षेत्रमा विदेशी लगानी प्रतिबन्ध लगाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell