PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

आर्सनलमाथि लिभरपुलको सानदार जित



पहिलोपोस्ट

आर्सनलमाथि लिभरपुलको सानदार जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले आर्सनलमाथि सानदार जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले आर्सनलमाथि ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो।

खेलको ३९ औं मिनेटमा अलेक्जेन्डर आर्नोल्डको पासमा साडियो मानेले हेडिङमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको घरेलु टोलीका लागि ५२ औं मिनेटमा डिएगो जोटाले युनाइटेडका नुनो टाभरेसको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गरेका थिए। त्यस्तै मानेको पासमा मोहम्मद सलाहले ७३ औं मिनेटमा गोल गरे। सब्टिच्युड खेलाडीका रुपमा मैदान पसेका टाकुमी मिनामिनोले मैदान प्रवेश गरेको ४८ सेकेन्डमै आर्नोल्डकै पासमा पहिलो टचमै ७७ औं मिनेटमा गोल गरे। र, लिभरपुलले ४-० गोल अन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै लिभरपुल तालिका दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको चेल्सीले १२ खेलबाट २९ अंक जोड्दा लिभरपुलले समान खेलबाट २५ अंक जोडेको छ। आर्सनल भने २० अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell