PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

ललितपुरको प्रहरी प्रमुख फेरिए  एसएसपी बज्राचार्यको ठाउँमा पोखरेललाई पठाइयो



पहिलोपोस्ट

ललितपुरको प्रहरी प्रमुख फेरिए  एसएसपी बज्राचार्यको ठाउँमा पोखरेललाई पठाइयो

काठमाडौः प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रहरी प्रमुख फेरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरमा यज्ञ विनोद पोखरेलाई पठाइएको छ। उनी प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थिए। यसअघि ललितपुरमा एसएसपी किरण बज्राचार्य थिइन्। ललितपुरको प्रहरी प्रमुख फेरीएको जानकारी नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले गराएका छन्।

गृह मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार २०७७ (मंसीर ७) गतेबाट लागू हुने गरी एसएसपी सरुवा गरिएको थियो। जसमा एसएसपी बज्राचार्य ललितपुरको जिम्मेवारी पाएकी थिइन्। काठमाडौं उपत्यकाभित्र एसएसपी दरबन्दी हुने ठाउँमा जिल्ला कमान्ड समाल्ने उनी पहिलो महिला प्रहरी समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell