PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अदालतले भन्यो : आर्यन खानको विरुद्धमा प्रमाण भेटिएन



पहिलोपोस्ट

अदालतले भन्यो : आर्यन खानको विरुद्धमा प्रमाण भेटिएन
Photo : Pink Villa

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको विरुद्धमा कुनै पनि ‘सकारात्मक प्रमाण’ नभेटिएको बम्बई उच्च अदालतको जनाएको छ।

शनिवार बम्बई उच्च अदालतले आर्यन खान लगायत अन्य दुईलाई जमानत दिने विस्तृत आदेश जारी गरेको थियो। अदालतले अभियुक्तहरू विरुद्ध अपराध गरेको देखाउने कुनै प्रमाण फेला नपरेको भनि फैसला सुनाएको थियो।

२८ अक्टोबरमा आर्यन खान, उनका साथी अरबाज मर्चेन्ट र मुनमुन धामेचालाई उच्च अदालतले १४ वटा शर्तमा जमानतमा रिहा गरेको थियो। साथै उनीहरुले १–१ लाख रुपैयाँ धरौटी समेत तिरेका थिए। शर्तअनुसार उनीहरुले प्रत्येक शुक्रबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को कार्यालय उपस्थित हुनुपर्ने नियम छ।

अदालतले जारी गरेको फैसलामा आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको तर आर्यनले अन्य आरोपितहरुसँग मिलेर कुनै अपराध गर्ने योजना बनाएको प्रमाण नभेटिएको उल्लेख गरेको छ।

अक्टोबर ३ मा मुम्बईको समुद्री किनारमा क्रुज सिपमा भएको एक पार्टीमा छापा मारेर आर्यनसहित अन्य सात जनालाई एनसीबीले पक्राउ गरेको थियो। छापाबाट एनसीबीले १३ ग्राम कोकेन, २१ ग्राम चरेस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell