PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सिद्धूले इमरान खानलाई 'ठूलो दाइ' भने पछि गौतम गम्भीरको आक्रोश : पहिला आफ्नो बच्चालाई सीमामा पठाउ



पहिलोपोस्ट

सिद्धूले इमरान खानलाई 'ठूलो दाइ' भने पछि गौतम गम्भीरको आक्रोश : पहिला आफ्नो बच्चालाई सीमामा पठाउ
Photo : Getty Images / BBC Hindi

पंजाब कांग्रेसका प्रमुख नवजोत सिंह सिद्धूले करतारपुर साहिबको यात्राका क्रममा पाकिस्तानका प्रधानमन्त्रीलाई 'ठूलो दाइ' भनेपछि भारतमा आलोचना भइरहेको छ। भारतीय जनता पार्टी (भाजपा) छोडेर हाल कांग्रेसबाट राजनीति गर्दै आएका पूर्व क्रिकेटर सिद्धूले पंजाबसँग जोडिएको पाकिस्तानको सीमा व्यापारका लागि खोल्नपर्ने समेत बताएका थिए।

उक्त अभिव्यक्तिको विरोध गर्दै पूर्व क्रिकेटर एवम् भाजपा सांसद गौतम गम्भीरले सिद्धूको आलोचना गरेका छन्। ट्वीट गर्दै उनले लेखेका छन्, 'आफ्नो छोराछोरीलाई सीमामा पठाउ र त्यसपछि आतंकी राष्ट्रलाई आफ्नो ठूलो दाइ भन। घृणित, मेरुदण्डविहीन।'

भारतले पकिस्तानबाट प्रायोजित आतंकवादसँग ७० साल देखि लड्दै आएको भन्दै गम्भीरले सिद्धूले इमरान खानलाई 'ठूलो दाइ' भन्द 'लज्जास्पद' भएको टिप्पणी गरेका छन्।

इमानको निमन्त्रणामा पाकिस्तान जाँदा पनि सिद्धूको आलोचना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell