PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सर्वोच्चमा तोकियो सबै मुद्दाको पेसी, बारद्वारा देशभर इजलास बहिष्कार



पहिलोपोस्ट

सर्वोच्चमा तोकियो सबै मुद्दाको पेसी, बारद्वारा देशभर इजलास बहिष्कार

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। उनले आज १०  संयुक्त र  एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन्।  आफ्ना लागि भने उनले कुनै पनि पेसी तोकेका छैनन्।

बिहीबार प्रधानन्यायाधीशबिना १८ जना न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती गर्दै गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो। उक्त निर्णय प्रधानन्यायाधीशसमक्ष पठाइएको सर्वोच्च स्रोतले जनाएको छ। तर, न्यायाधीशहरुको रायबारे जबराले कुनै जवाफ दिएका छैनन्।

गोला प्रथा लागू हुन सहमति जनाएसँगै शुक्रवारबाटै न्यायाधीशहरु इजलासमा बसेर न्यायसम्पादन कार्यमा फेरि लागिसकेका छन्।  गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशले इजलास बाहिष्कार गरेका थिए।

यता, नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीशको राजीनामा माग्दै देशभर विरोध प्रदर्शन गरिरहेको छ। बारले आज देशभरका अदालतमा इजलास बहिष्कार गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell