PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

ओलीलाई टक्कर दिँदै भीम रावल, अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै



पहिलोपोस्ट

ओलीलाई टक्कर दिँदै भीम रावल, अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको अध्यक्ष पदमा उम्मदेवारी दिने घोषणा गर्ने भएका छन्। पार्टी अध्यक्षमा केपी शर्मालाई सर्वसम्मत बनाउने तयारी चलिरहँदा रावलको घोषणा आउँदै गरेको हो।

आइतवार दिउँसो पत्रकार सम्मेलन गर्दै रावलले उम्मेद्वारी घोषणा गर्न लागेको उनी निकट नेताहरुले बताएका छन्।

एमालेको चितवनमा हुन लागेको १० औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न भन्दै रावलले उम्मेद्वारी घोषणा गर्न लागेका हुन्।

एमालेका नेताहरुले सर्वसम्मत रुपमा अध्यक्ष पदमा फेरि केपी शर्मा ओलीलाई अघि सारिरहेका बेला रावलले चुनौती दिन लागेका हुन्।

माधवकुमार नेपालको साथ छाडेर एमालेमै फर्किएका रावल १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell