PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

के प्रचण्ड - विप्लव एक हुन लागेका हुन्? नारायणकाजीसँग पनि गरे वार्ता



पहिलोपोस्ट

के प्रचण्ड - विप्लव एक हुन लागेका हुन्? नारायणकाजीसँग पनि गरे वार्ता
फोटो नारायणकाजी श्रेष्ठको सचिवालय।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।

पार्टी एकताका विषयमा विप्लवले श्रेष्ठलाई उनकै निवासमा भेटेको उनीनिकट नेताहरुको भनाइ छ। शनिवार विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उनकै निवास खुमलटारमा भेट गरेका थिए। पार्टी एकताका विषयमा प्रचण्डले प्रस्ताव गरे पनि विप्लवले भने तत्काल सम्भव नभएको जवाफ फर्काएको माओवादी केन्द्रका नेताहरुले बताएका छन्।

पछिल्लो समय माओवादी र विप्लव नेतृत्वको नेकपा बिच एकताको प्रयास भइरहेको छ। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको पहलमा एकताको प्रयास भइरहेको माओवादी नेताको भनाइ छ।

पार्टी एकता हुन लागेको हो?

नेताहरुको भेटघाट बाक्लिएसँगै नेकपा र नेकपा माओवादी केन्द्र बिच एकता हुन लागेको विषय चर्चामा आएको हो। प्रचण्ड र विप्लव दुवैले सार्वजनिक रुपमा एकताको प्रयास भएको बताइरहेका छन्। तर, ठोस रुपमा परिणाम हासिल हुनेगरी प्रकृया अगाडि भने बढिसकेको छैन। एकताका शर्तका विषय पनि सार्वजनिक भइसकेको छैन। 

विप्लवले केही मानेमा एकताका लागि अगाडि बढ्ने बताएका छन्। तर, अर्कातिर प्रचण्डले चाँडै नै एकता हुने दाबी गरिरहेका छन्। उनीहरुको यस्तो दाबीका वावजुद माओवादी केन्द्रका नेताहरु भने तत्काल एकता सम्भव नभएको बताइरहेका छन्।

'अहिले हामी सम्मेलनको तयारीमा छौं। हल्लाका लागि हल्ला गर्नेहरु धेरै छन्। अहिले केही प्रगति भइसकेको छैन। चर्चा मात्रै हो,' माओवादी केन्द्रका एक नेताले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell