PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

कोरम नपुग्दा रोकियो प्रस्तावित राजदूतहरुको सुनुवाइ, अर्को बैठक मंसिर १७ गते



पहिलोपोस्ट

कोरम नपुग्दा रोकियो प्रस्तावित राजदूतहरुको सुनुवाइ, अर्को बैठक मंसिर १७ गते

काठमाडौं : संसदीय सुनुवाइ समितिमा भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आज स्थगित भएको छ। कोरम नपुगेर आजको सुनुवाइ स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली सरकारले नियुक्त गरेको राजदूतलाई फिर्ता बोलाएर भारतमा डा शंकर शर्मा, बेलायतमा ज्ञानचन्द्र आचार्य र अमेरिकामा श्रीधर खत्रीलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो।

समितिले आज उजुरीकर्तासहित प्रस्तावित राजदूतहरुलाई सुनुवाइका लागगि बोलाएकोमा कोरम नपुगेपछि बैठक मंसिर १७ गतेसम्मका लगि स्थगित गरिएको हो।

१५ सदस्यीय समितिमा रहेका केही सदस्य मन्त्री भएपछि हाल समिति ११ सदस्यीयमात्रै छ। बैठक संचालनका लागि ६ जनाको कोरम पुग्न पर्ने हुन्छ। तर आज ५ जना मात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको हो।

समितिको आजको बैठकमा सभापति लक्ष्मणलाल कर्ण, एमालेबाट सुरेन्द्र पाण्डे र निरु पाल, माओवादीबाट देव गुरुङ र अम्रिका गुरुङमात्रै उपस्थित भएका थिए। कांग्रेस र जनता समाजवादीबाट कोही उपस्थित भएनन्।

मंसिर १० गतेदेखि १२ गतेसम्म एमालेको महाधिवेशन र कांग्रेसको पनि महाधिवेशन चलिरहेकोले बैठक केहीसमय पछि हुने गरि स्थगित गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell