PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

'रन फर प्रोटिन' हाफ म्याराथन पुस ३ मा हुने



पहिलोपोस्ट

'रन फर प्रोटिन' हाफ म्याराथन पुस ३ मा हुने

काठमाडौं : प्रोटिनजन्य पदार्थमा पहुँच र जनचेतना बढाउने लक्ष्यका साथ नेपाल भेटनरी एशोसिएशनले पुस ३ गते हाफ म्याराथनलगायत विभिन्न विधामा दौड प्रतियोगिता गराउने भएको छ।

प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला ५ किमी, कक्षा १२ सम्मका विद्यार्थीका लागि ५ किमी पुरुष र ३ किमी महिला र फरक क्षमताका व्यक्तिहरुका लागि व्हिलचेयर विधाका दौडहरु समावेश गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको कुल पुरस्कार राशी १० लाखको रहेको छ।

प्रतियोगितामा सहभागी हुन २०० रुपैयाँ तिरेर सहभागी हुन सकिने आयोजकले जनाएको छ।

म्याराथन दशरथ रंगशालाबाट सुरु भएर थापाथली, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, लोकन्थली, गठ्ठाघर, राधेराधेसम्म हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell