PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

रामदेवलाई पर्यटन दूत बन्न मन्त्री आलेको प्रस्ताव : 'कोभिडको जोखिम कम छ, भारतमा प्रचार गर्नुस्'



पहिलोपोस्ट

रामदेवलाई पर्यटन दूत बन्न मन्त्री आलेको प्रस्ताव : 'कोभिडको जोखिम कम छ, भारतमा प्रचार गर्नुस्'

काठमाडौं‌ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल भ्रमणमा रहेका योगगुरु बाबा रामदेवलाई पर्यटन दूत बन्न प्रस्ताव गरेका छन्। आइतवार मन्त्रालयले आयोजना गरेको पशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा आलेले रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नका लागि 'ब्राण्ड एम्बेस्डर' बन्न प्रस्ताव राखेका हुन्।

‘उहाँलाई टुरिजम सेक्टरमा प्रमोशन गर्नका लागि ब्राण्ड एम्बेस्डर बन्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु' उनले भने।

आलेले नेपालमा अहिले कोरोना भाइरस संक्रमणको जोखिम कम भएको भन्दै रामदेवलाई भारतमा नेपालको प्रचारप्रसार गर्न आग्रह समेत गरे।

'धेरैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आउन्। हामीहरु स्वागत गर्छौ। यहाँ कोभिड १९ संक्रमण धेरै कम छ। सबैले खोप लगाएका छन्। त्यसैले यहाँको पर्यटन क्षेत्रको प्रमोशन गरिदिनुहोला। आगामी दिनमा पनि यहाँलाई स्वागत गर्न पाईयोस्,’आलेले भने।

योगगुरु रामदेवले भने नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताए। मन्त्रालयको प्रस्तावलाई गम्भिरतापूर्वक छलफल गरेर निणर्य लिने समेत उनले बताए।

‘नेपालको संस्कृतिलाई पुरा दुनियाँमा लिएर जान्छु,' रामदेवले भने, 'हामीलाई दिएको प्रस्तावमा हामी गम्भिरतापूर्वक छलफल गरेर निणर्य गर्छौ। नेपालको एकता, समृद्धिको विकास गर्न पतञ्जली योगपीठले जे योगदान गर्न सक्छ, एउटा रुपरेखा बनाएर, लामो कार्ययोजना बनाएर हामी योगदान दिन्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell