PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बलिउडमा फिल्म रिलिजका लागि प्रतिस्पर्धा, एकैदिन चार फिल्म प्रदर्शन हुने



पहिलोपोस्ट

बलिउडमा फिल्म रिलिजका लागि प्रतिस्पर्धा, एकैदिन चार फिल्म प्रदर्शन हुने
Photo : Opindia Hindi

बलिउडमा अहिले फिल्म निर्माताहरुले धमाधम फिल्मको प्रदर्शन मिति घोषणा गरिरहेका छन्। कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको फिल्म हल खुलेसँगै 'होल्ड' मा रहेका फिल्महरु प्रदर्शन हुँदैछन्।

यसबिच प्रतिक्षित भनिएका केही फिल्महरुबिच 'रिलिज डेट' का लागि प्रतिस्पर्धा भएको छ। चारवटा फिल्मले अर्को वर्ष एकैदिन प्रदर्शन मिति सार्वजनिक गरेका छन्।

फिल्म ‘लाल सिंह चड्डा’ले २०२२ को अप्रिल १४ अर्थात् २०७९ वैशाख १ गतेको लागि प्रदर्शन मिति तोकेको छ। यस फिल्ममा आमिर खान र करिना कपुरको मुख्य भूमिका छ।

यसअघि नै फिल्म ‘केजीएफ २’ ले पनि १४ अप्रिलको लागि रिलिज मिति तोकिसकेको थियो। दक्षिण भारतका स्टार यश अभिनित यो फिल्म सोहीदिन विश्वभरि नै रिलिज हुने बताइएको छ। फिल्म 'केजीएफ' ले बक्स अफिसमा राम्रो व्यापार गरेकाले यो फिल्मलाई बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ।

१४ अप्रिलमा नै प्रभासको मुख्य भूमिका रहेको फिल्म 'सालार' र वरुण धवन/कृति सेनन अभिनित फिल्म 'भेडिया' पनि रिलिज हुने पक्का भएको छ।

आमिरको ‘लाल सिंह चड्डा’ले रिलिज मिति तोकेसँगै यी फिल्महरु बक्सअफिसमा भिड्ने पक्का भएको हो।

यी फिल्महरुले आफ्नो 'रिलिज टार्गेट' परिवर्तन नगरे १४ अप्रिलमा बलिउड इतिहासमै सबैभन्दा ठूलो भिडन्त हुने देखिएको छ।

अप्रिलमा अमिताभ बच्चन र अजय देवगनको 'मे डे', कगंना रनौतको 'धाकड', आर.माधवनको फिल्म 'राकेट्री' र टाइगर श्राप अभिनित फिल्म 'हिरोपन्ती २' रिलिज हुनेछन्।

मिति जुडेसँगै बलिउडमा रिलिज डेट परिवर्तनको प्रक्रिया पनि सुरु भएको छ। बाहुबलीका निर्देशक एस.एस.राजामौलीको फिल्म 'आरआरआर' सँग प्रतिस्पर्धाबाट बच्न आलियाको 'गंगुबाई काठियावाडी' को रिलिज डेट जनवरीबाट फेब्रुअरीमा सारेको छ।

'लाल सिंह चड्डा' ले पनि अप्रिल अन्त्यतिरको मिति खोजेको थियो तर यसअघि नै 'हिरोपन्ती २' र 'मेडे' ले उक्त मिति तय गरिसकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell