PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

 ए डिभिजन लिग : एपीएफमाथि ब्रिगेड बोइजको रोमाञ्चक जित

ए डिभिजन लिग : एपीएफमाथि ब्रिगेड बोइजको रोमाञ्चक जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले जित निकालेको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ब्रिगेड ब्वाइजले एपीएफमाथि ३-२ गोलअन्तरले जित निकालेको हो।

खेलको १२ औं मिनेटमा ब्रिगेड ब्वाइजका दिनेश राईले अग्रता दिलाएका थिए। तर बीबीसीको अग्रता लामो समय टिक्न सकेन। खेलको १७ औं मिनेटमा आवास लामिछानेको पासमा आशिष लामाले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको ४४ औं मिनेटमा बीबीसीका कप्तान रोशन राना मगरले गरेको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो। खेल पहिलो हाफमा १-१ को बराबरीमा रोकियो।

४९ मिनेटमा एपीएफका आशिष लामाको प्रहार गोलपोस्टमा ठोक्किएर फर्किएको थियो। भने ५२ औं मिनेटमा राम्रो अवसर बनाएर पनि पोस्ट बाहिर प्रहार गरेका थिए।

खेलको ६५ औं मिनेटमा ब्रिगेडका दिनेश राईले फेरि टोलीलाई अग्रता दिलाए। उनले ड्याडी जुनियरको पासमा गोल गरेका थिए। उता एपीएफका रबि थिङको पासमा विक्की तामाङले ७७ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

उता इन्ज्युरी समयमा भुवन बस्नेतको पासमा सब्सिच्युट खेलाडीका रुपमा मैदान पसेका सुरज गुरुङको गोल गर्दै टिमका जितका लागि निर्णायक बने।

पहिलो खेलमा पराजय ब्यहोरेपछि एपीएफका प्रशिक्षक कुमार थापाले योजना अनुसारको खेल्न नसकेको बताएका छन्।

'योजना पुरा भएन। बल होल्ड भएन। आशिषको गोल पोलमा लाग्दा लिड गर्न सकेनौं। १२ वटा खेल अझै बाँकी नै छ। पछिल्लो वर्ष बराबरी थियो। पछाडी थिए। उनीहरुले सुधार गरे। पहिलो म्याच नै टफ भयो' उनल भने।

त्यस्तै ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले दुबै टिमको प्रदर्शन राम्रो भएपनि नतिजा आफ्नो पक्षमा आउँदा उत्साहित भएको बताए।

'आज हाम्रो पहिलो म्याच टफ भयो। दुबै टीमको प्रदर्शन राम्रो। जित महत्वपूर्ण थियो। पायौं। टिमलाई राहत र मोरल सपोर्ट मिलेको छ। गोलखानुको कारण म्यान मार्किङमा कमजोरी भयो' उनले भने।

आजै पौने ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell