PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

पार्टीमा गुटबन्दी झाँगिएको भन्दै भीम रावलको एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा



पहिलोपोस्ट

पार्टीमा गुटबन्दी झाँगिएको भन्दै भीम रावलको एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी नेतृत्वमा रहेका व्यक्तिहरु  गुटबन्दीमा लागेको बताएका छन्। उनले विगतमा गुटबन्दी हुन दिने छैन भन्ने नेतृत्वको वाचा पानीको फोका जस्तै भएको आरोप समेत लगाएका छन्। 

विगतमा नेकपा हुँदा २६ भदौ मा भएको स्थायी कमिटीको बैठकको निर्णय नै नेतृत्वले लत्याएर अगाडि बढेको कारण पार्टी गुटबन्दी झाँगिँदै गएकोसमेत आरोप लगाए। 

'सत्ता स्वार्थका लागि जोसँग साँठगाँठ गरे पनि हुने भन्ने प्रवित्ति झाँगिदै गयो,' आइतवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरी एमाले महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै उनले भने, 'यसबिच दुई दुई पटक प्रतिनिधिसभा विघटन गरी जनभावनामा कुठाराघात गर्ने काम भयो।'

उनले सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग अलग बनाएपछि एमालेमा फरक ढंगका समस्याहरु देखिएको बताए। पार्टी एकतालाई कायम गर्न १० बुँदे प्रस्तुत गरेर सहमतिको प्रयास भए पनि नेतृत्वबाट लत्याइएको बताए। 

उनले १० बुँदे समझदारी अनुसार कार्यान्वयन नहुँदा शंका उत्पन्नसमेत भएको बताए। विधान महाधिवेशनले पारित गरेका दस्तावेज कार्यान्वयनका लागि सवल नेतृत्व चयन गर्न आवश्यक भएको भन्दै उनले अध्यक्षतामा उम्मेदवारी घोषणा गरे। 

उनले १० बुँदे समझदारी कार्यान्वयन गर्ने अपानी १२ लागू नहुँदा समझदारी स्थापना हुन नसक्दा यसले आगामी स्थानीय तहको निर्वाचनमा फुटको कुप्रभाव पार्न सक्नेसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell