PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

महाधिवेशनमा सम्भव भएसम्म सहमतिमा नेतृत्व चयन, नभए व्यक्तिगत प्रतिस्पर्धा : प्रदीप ज्ञवाली



पहिलोपोस्ट

महाधिवेशनमा सम्भव भएसम्म सहमतिमा नेतृत्व चयन, नभए व्यक्तिगत प्रतिस्पर्धा : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिमा नेतृत्व चयन हुने बताएका छन्। आज राजधानीमा ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा उनले महाधिवेशनमा सम्भव भएसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका हुन्।

'यति ठूलो पार्टीमा १५ जना पदाधिकारी र २२५ केन्द्रीय सदस्यका रुपमा सबै साथी अटाउन सम्भव छैन। त्यसैले हामी हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन गर्छौँ' उनले भने।

सहमतिमा नेतृत्व चयनको प्रक्रिया सम्भव नभए विधान अनुसार अघि बढ्ने ज्ञवालीको तर्क थियो

'सहमतिमा नेतृत्व छान्न सम्भव नभए स्वच्छ र व्यक्तिगत प्रतिस्पर्धा गरी नेतृत्व चयन हुन्छ। अहिले विधानमा हेरफर हुँदैन' उनले भने।

उनले विधान महाधिवेशन भइसकेको भन्दै चितवनमा हुने महाधिवेशनबाट नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने समेत बताए। एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

भने,'सेती र त्रिशूली नदीको पानी फरकफरक धारबाट बगे पनि नारायणीमा पुग्दा एउटै धारमा देखिए झैँ नारायणी किरानामा हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ।'

अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेतृत्वका लागि महाधिवेशन भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन्। वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका आकांक्षी पनि एमालेमा धेरै रहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell