काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिवेशन हुन बांकी क्षेत्रमा सर्वसम्मतिले पदाधिकारी चयन गर्न आग्रह गरेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका हुन्।
पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सम्भव भएसम्म सर्वसम्मतरूपमा चयन गर्न उनले आग्रह गरेका हुन्। सर्वसम्मत हुन सकेको स्थानमा स्वच्छ प्रतिष्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने उनले बताए।
पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुने उनले बताए। साथै, पार्टीलाई समेत आउने निर्वाचनमा घाटा हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
