काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार १२३ जनाको कोभिड १९ परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको छ। यस्तै, ३७० जना संक्रमण मुक्त भएका छन्।
यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार १६४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ४० हजार १४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, संक्रमणका कारण थप १ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ४९६ पुगेको छ।
