PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

महाधिवेशन प्रतिनिधि सकेसम्म सर्वसम्मत छनोट गर्न देउवाको आग्रह



पहिलोपोस्ट

महाधिवेशन प्रतिनिधि सकेसम्म सर्वसम्मत छनोट गर्न देउवाको आग्रह

सुनसरीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन अन्र्तगत प्रतिनिधि छनोट भइरहेका स्थानमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधि छनौटको सम्बन्धमा हारजितको भन्दा पनि सर्वसम्मत् चयनको बाटो रोज्नु उपयुक्त हुने बताएका हुन्। उनले वडा, क्षेत्र, जिल्ला र प्रदेश सबै तहमा सर्वसम्मतको प्रयास सफल भए केन्द्रीय प्रतिनिधि छनोटमा समेत सकारात्मक प्रभाव पर्ने बताए। 

उनले आफु सर्वसम्मतको पक्षमा रहेको भन्दै काँग्रेसलाई एक ढिक्का बनाएर अघि लैजानुको विकल्प नभएको बताए। देवानगञ्जमा देउवाले वीपी कोइरालाको शालिक अनावरण समेत गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell