PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

जनताको चाहनाअनुसार काम गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन



रासस

जनताको चाहनाअनुसार काम गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

हेटौँडा : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निष्पक्ष, स्वतन्त्र र पारदर्शी भई सरकारको लक्ष्य र जनताको चाहनाअनुसार काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्।

जिल्ला प्रशासन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा उनले जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ र सुरक्षालगायत आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि गम्भीर भएर लाग्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।

मन्त्री खतिवडाले मकवानपुर जिल्लाअन्तर्गतका अधिकांश कार्यालयको प्रगतिबारे जानकारी लिँदै विकास निर्माणका योजनालाई तोकिएको समयमा नै पूरा गर्नुपर्नेमा जोड दिए।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यहाँका अधिकांश सरकारी कार्यालयको वस्तुस्थिति र प्रगति तथा जिल्लाको शान्तिसुरक्षाका अवस्थाबारे मन्त्री खतिवडालाई जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell