PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

टोटेनहमको पुनरागमन जित



पहिलोपोस्ट

टोटेनहमको पुनरागमन जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले लिड्स युनाइटेडमाथि जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनहमले लिड्समाथि २-१ गोलअन्तरले पुनरागमन जित निकालेको हो।

खेलको ४४ औं मिनेटमा ड्यानिय जेम्सको गोलमा लिड्सले अग्रता बनाएको थियो। खेलको ५८ औं मिनेटमा लुकास मौराको पासमा गोल गर्दै पियरे इमिली होजब्जर्गले पहिलो हाफमा एक गोलले अघि रहेको लिड्ससँग बराबरी गरे। त्यस्तै ६९ औं मिनेटमा सर्जियो रेगुलियोनले गोल गर्दै खेल आफ्नो पक्षमा पारे।

नवनियुक्त प्रशिक्षक एन्टोनियो कोन्टेको प्रशिक्षणमा टोटेनहमको यो लिगमा पहिलो जित हो।

गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले एभर्टनमाथि ३-० को जित निकाल्यो। सिटीको जितमा रहिम स्ट्रलिङ, रोड्री र बर्नान्डो सिल्भाले गोल गरे।

जितसँगै २६ अंक जोडेको म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा छ भने टोटेनहम १९ अंक जोडेर सातौं स्थानमा छ। शीर्षस्थानमा २९ अंक जोडेको चेल्सी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell