PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

ए डिभिजन लिगमा आज दुई खेल



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल
फाइलफोटो: मछिन्द्र क्लबका खेलाडी

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब आमने सामने हुनेछन्। दुबै विभागीय टोलीले लिग जित्ने लक्ष्य राखेका छन्। पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन्।

राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको मछिन्द्र यसपटक पनि लिग जित्ने योजनामा छ। अर्कोतर्फ नेपाल सुपर लिगको पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका विदेशी खेलाडीसँगको कम्बिनेशन बनाएको एनआरटी पनि लिगको बलियो टोलीका रुपमा देखिने छ।

एनआरटी र मछिन्द्र साँझ पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।

लिगको विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख प्राप्त गर्नेछन्। दुई वटा टोली रेलिगेशनमा जानेछन्।

त्यस्तै, उत्कृष्ट गोलकिपरले गोल्डन ग्लभ्स र २ लाख, सर्वाधिक गोलकर्ताले गोल्डेन बल र २ लाख प्राप्त गर्नेछन्। त्यस्तै, भ्यालुएबल प्लेयरले ३ लाख र राइजिङ प्लेयरले १ लाख ५० हजार प्राप्त गर्नेछन्।

रंगशालामा भीआईपी प्यारापिट तर्फ ५०० र सामान्य तर्फ १०० रुपैयाँ टिकट शुल्क लाग्ने भएको छ। दशरथ रंगशालामा हुने खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell