PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विभागीय डर्बी: आर्मी र पुलिस भिड्दै



पहिलोपोस्ट

विभागीय डर्बी: आर्मी र पुलिस भिड्दै

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिउँसो १ बजे आर्मी र पुलिस भिड्ने छन्।

लिगको सदाबहार दाबेदार आर्मीले यसपटक पनि लिग उपाधि जित्ने लक्ष्य राखेको छ। यद्यपि, राष्ट्रिय टोलीका समेत सदस्य रहेका नवयुग श्रेष्ठले प्रिसिजन खेलमा चोट ब्यहोर्दा आर्मीलाई धक्का लागेको छ।

यद्यपि, सहायक प्रशिक्षक राजु तामाङ तयारी राम्रो भएको र श्रेष्ठको विकल्पमा पनि अन्य राम्रा खेलाडी भएको लिग अघिको पत्रकार सम्मेलनमा बताएका थिए। तामाङको भनाइसँग कप्तान भरत खवास सहमत छन्।

‘तयारी राम्रो छ। एकजना मुख्य खेलाडी नहुँदा कठिन त हुन्छ नै। तर, त्यसलाई फुलफिल गर्ने खेलाडी पनि छन्। यो उनीहरुका लागि अवसर पनि हो’, कप्तान खवासले भने, ‘हाम्रो लक्ष्य लिगमा च्याम्पियन हुने नै हो। पुरानै कम्बिनेसन छ। टिम राम्रो छ भन्ने लाग्छ।’

त्यस्तै पुलिस पनि आफ्नो साख फर्काउने पक्षमा छ।

‘हामी जहिलै तयार छौं। लिगकै लागि भनेर ३/४ महिना यता विशेष ट्रेनिङ छ। नयाँ टिम छ’, पुलिसका प्रशिक्षक अनन्त थापाले भने।

आजै हुने दोस्रो खेलमा मछिन्द्र क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन्। खेल पौने ४ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell