काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले आज हङकङको सामना गर्दैछ। आईसीसी महिला टी २० विश्वकपको एसिया क्षेत्रको क्वालिफायर्समा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउण्ड २ मा बिहान सवा ११ बजे खेल सुरु हुनेछ। नेपाली टोलीले क्वालिफायर्सका लागि कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा १५ दिन अभ्यास गरेको थियो। लगत्तै बंगलादेशमा अभ्यास खेलहरु खेलको थियो। त्यस्तै कतारसँगको तीन खेलको सिरिज क्लिन स्वीप गरेको नेपालले विश्वकप छनोट पार गर्ने लक्ष्य राखेको छ।
विश्वकप क्वालिफायर्समा नेपालको खेल
२२ नोभेम्बर: नेपाल भर्सेस हङकङ
२३ नोभेम्बर: नेपाल भर्सेस भुटान
२५ नोभेम्बर: नेपाल भर्सेस कुवेत
२६ नोभेम्बर: नेपाल भर्सेस मलेसिया
२८ नोभेम्बर: नेपाल भर्सेस युएई
नेपाली टिम
रुबिना क्षेत्री बेलबासे (कप्तान), डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योती पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुवँर, अप्सरी बेगम, कविता जोशी, सङ्गिता राई
