PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोराना संक्रमण बढेसँगै अस्ट्रियामा देशभर लकडाउन घोषणा



पहिलोपोस्ट

कोराना संक्रमण बढेसँगै अस्ट्रियामा देशभर लकडाउन घोषणा
Photo : PA Images

युरोपमा फेरि कोभिड १९ संक्रमणको अवस्था बढ्दै गएपछि अस्ट्रियामा लकडाउन लागू गरिएको छ। आइतबार मध्यरातदेखि लागू हुने गरि देशभर लकडाउन घोषणा गरिएको हो।

सरकारले अस्ट्रियन नागरिकलाई घरबाटै काम गर्न आह्वान गरेको छ। अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न निर्देशन दिइएको छ।

युरोपमा संक्रमण बढेसँगै फेरि धेरैहरुले प्रतिबन्ध लागू गरिरहेका छन्। नेदरल्याण्ड्स, बेल्जियम लगायतका देशमा नयाँ प्रतिबन्धहरुको विरोधमा प्रदर्शन भइरहँदा अस्ट्रियाले देशभर लकडाउन लगाउने निर्णय गरेको हो।

कोरोना भाइरस संक्रमण महामारीका रुपमा फैलिएपछि अस्ट्रियाले चौथोपटक राष्ट्रिय लकडाउन घोषणा गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell