PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मंसिर १० गते देखि 'अस्कर फिल्म फेस्टिभल' हुँदै



पहिलोपोस्ट

मंसिर १० गते देखि 'अस्कर फिल्म फेस्टिभल' हुँदै

काठमाडौं : नेपालमा 'अस्कर फिल्म फेस्टिभल' हुने भएको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिने फेस्टिभल गर्ने लागेको हो।

आउँदो मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा यो फेस्टिभल संचालन हुनेछ।

अस्कर इन्टरनेसनल कलेज नेपालमा चलचित्रसँग सम्बन्धित विषय पढाउने पहिलो कलेज हो। कलेजका विद्यार्थीले बनाएका र विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्महरुलाई यस फेस्टिभलमा प्रदर्शन गरिने छ। साथै, फेस्टिभलमा नेपाली सिनेमासम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत हुनेछन्।  

यसपटक भौतिक उपस्थितिमै हुने फेस्टिभल गत वर्ष कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell