PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

हङकङलाई १ सय ५ रनको लक्ष्य



पहिलोपोस्ट

हङकङलाई १ सय ५ रनको लक्ष्य
फाइल फोटो

काठमाडौं: आईसीसी महिला टी २० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले हङकङलाई १०५ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १०४ रन बनाएको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि सीताराना मगरले सर्वाधिक अविजित ४० रन बनाउँदा इन्दु वर्माले ३७ बलमा ३ चौकाको सहायतामा  ३१ रन बनाइन्। त्यस्तै काजल श्रेष्ठले ४ रन बनाउँदा रुविना क्षेत्रीले २ रन बनाइन्।

बलिङतर्फ क्यारी चेन र बेटी च्यानले समान १/१ विकेट लिए।

हङकङ जवाफी ब्याटिङमा उत्रिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell