PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिकामा क्रिसमस परेडमा कारले ठक्कर दिँदा ५ जनाको मृत्यु



पहिलोपोस्ट

अमेरिकामा क्रिसमस परेडमा कारले ठक्कर दिँदा ५ जनाको मृत्यु
City of Waukesha/ AFP

अमेरिकाको विस्कनसिन राज्यमा आयोजित क्रिसमस परेडमा अनियन्त्रित कारले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ। यस्तै, ४० जना घाइते भएका छन्।

वाउसकेशा राज्यका मेयर सउन रेल्लीले सामुदायिक उत्सवमा दु:खद् घटना भएको भन्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन्।

राज्य प्रहरी प्रमुख डान थम्पसनले संदिग्ध कार चालकलाई पक्राउ गरेको बताएका छन्। यस्तै, कारलाई समेत नियन्त्रणमा लिएर अनसन्धान गरिरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell