काठमाडौं : आईसीसी टी-२० महिला विश्वकपको एसिया क्षेत्रको छनोट चरणको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ।
दुबईमा भएको पहिलो खेलमा हङकङले नेपाललाई ६ विकेटले पराजित गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीफन विकेटको क्षतीमा १०४ रन जोडेको थियो। १०५ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले १२ बल बाँकी छँदा लक्ष्य पूरा गर्यो।
नेपालका लागि सुरुवाती ब्याट्म्यान कविता कुँवर सून्य रनमा आउट भएपछि नेपालको इनिङ धर्मराएको थियो। दोस्रो बलमै रनको अवस्थामा पहिलो विकेट गुमाएको नेपालले ७.५ ओभरमा दोस्रो विकेट कुमायो काजल श्रेष्ठ २३ वल खेलेर चार रन बनाउँदै पेवेलियन फर्किइन्।
दोस्रो वरियताकी ब्याट्सम्यान सिता राना मगर र इन्दु वर्माले नेपाललको इनिङ समाल्दै सय कटाए। सिताले ५८ वल खेल्दै चार चौकाको सहयोगमा ४० रन जोड्दा ३७ वलमा तीन चौकाको सहयोगमा इन्दुले ३१ रन जोडिन्। इनिङको एक वल बाँकी छँदा इन्दु रनआउट भइन्। कप्तान रुविना क्षेत्रीले एक वलमा दुई रन जोड्दै नेपालको स्कोरलाई १०४ रन पुर्याइन्।
हङकङको जितमा मारिको हिलले नटआउट ३८ वलमा ४२ रन जोडिन्। त्यस्तै नतासा कप्तान केरी चन २२ वलमा १७ तथा नतशा मिलले १३ वलमा १६ रन जोडिन्। इमा लाइले १२ वलमा १४ रन जोड्दा सुरुवाती ओपनर यास्मिन दाश्वानी २ रनमा पेवेलियन फर्किइन्। त्यस्तै सानजिन साजाद ११ वलमा ७ रन जोडिन्।
बलिङ तर्फ नेपालकी कविता कुँवर, सिता राना मगर र सवनम राईले १/१ विकेट लिए।
विश्वकप क्वालिफायर्समा नेपालको खेल
२२ नोभेम्बर: नेपाल भर्सेस हङकङ
२३ नोभेम्बर: नेपाल भर्सेस भुटान
२५ नोभेम्बर: नेपाल भर्सेस कुवेत
२६ नोभेम्बर: नेपाल भर्सेस मलेसिया
२८ नोभेम्बर: नेपाल भर्सेस युएई
