PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ए डिभिजन लिग : बराबरीमा रोकिए आर्मी र पुलिस

ए डिभिजन लिग : बराबरीमा रोकिए आर्मी र पुलिस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्।

खेलको पहिलो हाफमा आर्मी केही हाबी देखिए पनि दुवै टिमले खासै राम्रा मुभहरु भने बनाउन सकेनन्। ४३ औै मिनेटमा आर्मीका सेसेहाङ आङदाम्बेले टाढाबाट गरेको प्रहार सिधै पुलिसका गोलकिपर शत्रुघनकुमार चौधरीको हातमा पुगेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकियो।

दोस्रो हाफमा पुलिसका सन्तोष हेमरमले खेलको ५० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। हेमरमले तेज तामाङले प्रहार गरेको फ्रिकिमा हेडरमार्फत गोल गरेका थिए।

यता, आर्मीका विवेक बस्नेतले ६१ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। ८७ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गरेको गोललाई रेफ्रीले अफसाइट करार दिएका थिए।

आजै हुने दोस्रो खेलमा मछिन्द्र क्लब र न्युरोड टिम एनआरटीबिच प्रतिस्‍पर्धा हुँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell