PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

एमालेको १० औं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको घोषणा 



रासस

एमालेको १० औं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको घोषणा 

काठमाडौं : नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

सोमवार मध्यपुरथिमिको सम्पर्क कार्यालयबाट बस्नेतले यस्तो उम्मेदवारी घोषणा गरेका हुन्। 

उनले पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिने निर्णय गरेको बताए। 

आफू युवा संघको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको दाबी गरे। 

आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत नेता बस्नेतले प्रस्तुत गरेका छन्। सो आधारपत्रमा उनले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरुका बारेमा उल्लेख गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell