PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कांग्रेस महाधिवेशन : प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा कास्कीका कुन क्षेत्रमा को भिड्दै ?



पहिलोपोस्ट

कांग्रेस महाधिवेशन : प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा कास्कीका कुन क्षेत्रमा को भिड्दै ?

पोखरा : आज नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुँदैछ। नयाँ नेतृत्व चयनका लागि कास्कीका ३ प्रतिनिधि सभामा क्षेत्रमा मतदान हुँदैछ। महाधिवेशन प्रतिनिधि छनौटका लागि बेलुका ६ बजेसम्म मतदान हुने निर्वाचन कमिटीले जनाएको छ।

कास्कीको क्षेत्र नम्बर १ मा सभापति पदमा राजेन्द्रमणि लामिछाने र बुद्धिमान गुरुङ प्रतिस्पर्धामा छन्। यस्तै, सचिवमा ओमप्रकाश गुरुङ, जितेन्द्र गुरुङ, सरोज केसी र शोभामोहन पौडेल गरि चार जनाले उम्मेदवारी दिएका छन्। सहसचिवमा उपेन्द्र न्यौपाने, किरण थापा, मोति गिरी र सुजता गुरुङले उम्मेद्वारी दिएका छन्।

कास्की क्षेत्र नम्बर २ मा सभापतिका लागि केशरप्रसाद निर्दोषी र पुण्डरीप्रसाद बराल प्रतिस्पर्धामा छन्। सचिवमा सरोजनारायण बराल, गायत्री पराजुली, देवकृष्ण पराजुली, हिमराज अधिकारी र महेन्द्र अधिकारीको उम्मेदवारी परेको छ। त्यस्तै, सहसचिवमा भावना श्रेष्ठ, शिवराज देवकोटा, माधव कँडेल, दीपेन्द्र बराल, र विश्वराज आचार्यको उम्मेद्वारी परेको छ।

यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा प्रदेश सरकारका मन्त्रीहरु कुमार खड्का र बिन्दुकुमार थापाले समेत उम्मेद्वारी दिएका छन्।

यस्तै, क्षेत्र नम्बर ३ को सभापतिका लागि तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र कांग्रेसका पुराना नेता खिमलाल बास्तोला प्रतिस्पर्धी छन्। सचिवमा भरतबहादुर केसी, मेखबहादुर तामाङ, राजाराम पौडेल र लक्ष्मीप्रसाद पौडेल प्रतिस्पर्धामा छन्। आइन्दल गुरुङ, धरमबहादुर लामिछाने, महेश तिमिल्सिना र शीतल अधिकारीले सहसचिवमा उम्मेद्वारी दिएका छन् ।

सोमबार बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म चल्नेछ। मतदान सकिए लगत्तै मतगणना सुरु हुने कांग्रेस पदाधिकारीहरुले जनाएका छन्। मतपरिणाम भोलिसम्ममा प्रकाशन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell