PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

बालकोटमा महाधिवेशनबारे मन्थनमा व्यस्त भए ओली, स्थायी कमिटी बैठक स्थगित



पहिलोपोस्ट

बालकोटमा महाधिवेशनबारे मन्थनमा व्यस्त भए ओली, स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। आइतवार ३ बजेका लागि बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएपछि बैठक भोली सम्मका लागि सारिएको हो। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिए।

आसन्न महाधिवेशनका लागि ओली आफ्नै निवास बालकोटमा भेटघाटमा व्यस्त भएपछि बैठक सारिएको उनले बताए। ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित महाधिवेशनबारेको बहस कार्यक्रममा पनि अनुपस्थित भएका छन्।

'महाधिवेशनमा भेटघाट नै चर्को पर्छ। त्यसैले उपस्थित हुन नसक्नुभएको हो,' तामाङले भने।

मंसिर १०-१२ गते चितवनमा हुने एमाले महाधिवेशनका लागी नेताहरु दौडधुप गरिरहेका छन् । १५ जना पदाधिकारीका लागि अहिले एमालेभित्र नेताहरुले लबिङ थालेका छन्।

ओलीलाई टक्कर दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि दाबी गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell