PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

१२ हजार ६९७ जनाको कोभिड १९ परीक्षण गर्दा ३८५ जनामा देखियो संक्रमण



पहिलोपोस्ट

 १२ हजार ६९७ जनाको कोभिड १९ परीक्षण गर्दा ३८५ जनामा देखियो संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनाको कोभिड १९ परीक्षण गर्दा ३८५ जनामा संक्रमण देखिएको छ। यस्तै, २५८ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २६९ पुगेको छ।

संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ११ हजार ५०० जना संक्रमितको मृत्यु भइसकेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७१ हजार ४८३ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell