PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

युवा संघले चितवनमा मोटरसाइकल र्‍याली गर्दै



पहिलोपोस्ट

युवा संघले चितवनमा मोटरसाइकल र्‍याली गर्दै

चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारका लागि युवा संघ चितवनले जिल्लामा मोटरसाइकल र्‍याली गर्ने भएको छ। मंसिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनका लागि मंगलवार युवा संघले मोटरसाइकल र्‍यालीको आयोजना गर्न लागेको हो।

जिल्लाका विभिन्न स्थानबाट महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा भेला भएर दिउँसो १ बजे मोटरसाइकल र्‍याली निस्कने तयारी भएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए।

दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु हुने मोटरसाइल र्‍याली भरतपुर महानगरपालिकाका विभिन्न भागहरु परिक्रमा गर्दै पुनः नदी किनारमा पुगेर समापन हुने सुवेदीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell