PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित



पहिलोपोस्ट

मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी धर्मराज लामिछानेले उम्मेद्वारी फिर्ता लिएपछि खनाल निर्विरोध निर्वाचित भएका हुन्।

क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत पनि निर्विरोध निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन्। यस्तै, खस आर्य महिलातर्फ राधा कोइराला निर्विरोध भएकी छिन्।

जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा निर्विरोध निर्वाचित हुँदा दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान पनि निर्विरोध निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell