काठमाडौं : नेपाली कांग्रेसलाई १४ औं अधिवेशनको रन्को लागेको छ। आजबाट विभिन्न जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन शुरु भएको छ।
काठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रमा आज प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन सुरु भएको छ। सोमवार दिउँसोबाट काठमाडौं क्षेत्र ७ को पनि अधिवेशन शुरु भएको छ। सासा बैक्युट नयाँबजारमा अहिले मतदान जारी छ।
क्षेत्रिय सभापति पदका लागि मुकुन्द रिजाल र मनोहरि तिवारी मैदानमा छन्। रिजाल प्रकाशमान निकट हुन भने तिवारी संस्थापन पक्षबाट हुन्।
