PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सुनिल बलको दोहोरो गोलमा मछिन्द्रको कठिन जित



पहिलोपोस्ट

सुनिल बलको दोहोरो गोलमा मछिन्द्रको कठिन जित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)माथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले एनआरटीमाथि २-१ गोलअन्तरको साँघुरो जित निकालेको हो।

खेलको ११ औं मिनेटमा मछिन्द्रका विशाल राईको पासमा सुनिल बलले गोल गर्दै अग्रता दिलाए। लगत्तै विशालले गोलको सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। त्यस्तै, एनआरटीका क्रितिश रत्नको २६ औं मिनेटको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए।

खेलको दोस्रो हाफमा एनआरटीले खेल बराबरीमा ल्यायो। एरिक विष्टले ५४ औं मिनेटमा फ्रिकिक मार्फत गोल गरे।

दोस्रो हाफमा एनआरटीले सुरुबाटै अट्याकिङ खेल खेलेपछि खेलको अन्तिम समयमा मछिन्द्र हावि भएको थियो।

६२ औं मिनेटमा सुनिल बलको गोल अफसाइट करार गरिदिएका थिए। त्यस्तै ६५ औं मिनेटमा मछिन्द्रका डिफेन्डर रञ्जित धिमालको क्रसमा अभिशेषक रिजालले हेडरमार्फत गरेको कडा प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो।

लिगको पहिलो खेलमा जितका लागि निर्णायक गोल सुनिल बलले नै गरे। उनले खेलको ८० औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका थिए।

आजै सम्पन्न पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब १-१ को बराबरीमा रोकिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell