PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रदेश २ मा कांग्रेस अधिवेशनः अधिकांश वडा सभापति सर्वसम्मत



पहिलोपोस्ट

प्रदेश २ मा कांग्रेस अधिवेशनः अधिकांश वडा सभापति सर्वसम्मत

वीरगंजः नेपाली कांग्रेसको प्रदेश २ मा गाउ/नगर वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ। नेपाली कांग्रेस प्रदेश २ का संयोजक रमेश रिजालले पर्सादेखि सप्तरीसम्म आठ जिल्लामै अधिवेशन अन्तिम चरणमा रहेको बताए।

प्रदेशको सात जिल्लामा कार्तिक २७ गतेदेखि र पर्सामा मङ्सिर १ गतेदेखि अधिवेशन भइरहेका छन्। प्रदेश संयोजक रिजालले वडा समितिको निर्वाचनमा मात्र बढी समय लागेको र अन्य निर्वाचन चाँडो हुने बताए। वडा समिति चुनावपछि पालिका, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन र अन्त्यमा प्रदेश अधिवेशनको तालिका छ।

पर्सा र बारामा अधिकांश वडा समितिको निर्वाचन सम्पन्न भएको छ। पर्सामा ११२ वडा समितिको निर्वाचन हुनुपर्नेमा छिपहरमाई -५ मिर्जापुर र पर्सागढी नगरपालिका -६ को मुद्दा अदालतमा विचाराधीन भएकोले अधिवेशन नभएको निर्वाचन अधिकृत नरेन्द्र केसीले बताए।

यसैगरी, बाराका प्रमुख निर्वाचन अधिकृत राजन दहालले १६७ वडा समितिको निर्वाचन सम्पन्न भएको बताए। केहीमा उजुरी परेकाले छानबिन भइरहेको बताए।

प्रदेश २ मा अधिकांश वडा सभापति सर्वसम्मत चयन भएका छन्। निर्वाचन प्रक्रियामा जाँदा महाधिवेशन प्रतिनिधि छनोटमा ढिलाइ हुने भएपछि सर्वसम्मतको अभ्यास गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell