PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

स्याङ्जा जिल्लाका कार्यवाहक सभापति कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित



पहिलोपोस्ट

स्याङ्जा जिल्लाका कार्यवाहक सभापति कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

पोखरा : नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार राना) कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका छन्।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को निर्वाचनमा उनी भारी मत अन्तरले पराजित भएका हुन्। उनले ४३७ मत ल्याउँदा जिल्ला सभापतिका दाबेदार समेत रहेका राजु थापाले सर्वाधिक मत ८२३ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा थापा प्यानलबाट सभापतीमा तुलसीराम रेग्मी विजयी भएका छन्। रेग्मीले ६३९ मत प्राप्त गर्दै प्रतिस्पर्धि ओमबहादुर भट्टलाई पराजित गरेका छन्। भट्टले ३१४ मत ल्याएका छन्।

यस्तै, महाधिवेशन प्रतिनिधिमा अजीत क्षेत्री, तुलसी गिरी, गोविन्द रानाभाट, भरतप्रसाद लम्साल, डोलबहादुर खड्का, प्रेमराज पौडेल, इन्द्रबहादुर रिजाल, भूमिबहादुर गुरुङ र श्रीराम उपाध्याय विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell