पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज नवलपुरका २ वटा प्रतिनिधि निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ।
क्षेत्र नं १ मा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मतदान गरेर निर्वाचन सुरु गरेका छन्। यस क्षेत्रबाट मुख्यमन्त्री पोखरेलले महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएका छन्।
यस क्षेत्रमा सभापति पदमा कमलप्रसाद पराजुली र अमृत भट्टचनबिच प्रतिस्पर्धा छ। यस्तै क्षेत्र नं. २ को सभापतिमा सूर्य गुरुङ र जगत बहादुर कार्कीबिच प्रतिस्पर्धा छ।
